बिकास संग सगै ।।। Sangpang Welfare Society

 कठमाण्डौ

हाम्रो भनाई

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...

संस्थाको उद्देश्य

प्रचलित ऐन कानून तथा नेपाल सरकारको नीति निर्देशनको अधिनमा रही सम्बन्धित निकायसाग समन्वय र सामान्जस्य राखी कार्यक्रम सञ्चालन गर्ने गरी संस्थाको निम्न उद्देश्य रहनेछन् ।

क) यो संस्था मुनाफारहित जनहितकारी विशुद्ध सामाजिक संस्था हुनेछ ।
ख) साङपाङ गा.वि.वि.स. बाट काठमाडौं उपत्यकामा आइ बसोवास गरिरहेका सम्पूर्ण मानिसहरुलाई गोलबन्द गरी सामाजिक कार्यमा परिचालन गर्ने ।
ग) साङपाङ गा.वि.स. को हितको लागि आर्थिक, भौतिक सहयोग गर्ने ।
घ) साङपाङ गा.वि.स. मा जन्म भई आर्थिक अवस्था कमजोर भएका बिरामीहरुको उपचारमा आर्थिक तथा भौतिक सहयोग गर्ने ।
ङ) कला, शिक्षा, संस्कृति, साहित्यमा अगाडि बढेका साङपाङवासीलाई आर्थिक सहयोग गर्ने ।
च) भोजपुर साङपाङ गाउाको हरेक क्षेत्रको विकासमा टेवा पुर्‍याउने कार्य गर्ने ।
छ) साङपाङ गा.वि.स. लाई देशकै नमूना गाउाको रुपमा विकास गर्न प्रयत्न गर्ने ।
ज) साङपाङ गा.वि.स. मा रहेका श्रोत साधनहरुलाई उचित तरिकाले परिचालन गर्ने सहयोग गर्ने । झ) साङपाङ गा.वि.स. वासीलाई राज्यका क्रियाकलापहरुको जानकारी गराउन समय-समयमा चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
ञ) साङपाङवासीहरुको भाषा, धर्म, कला, संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने ।
ट) साङपाङको हावापानी, वातावरण सुहाउादो उद्योगहरु संचालन गर्न सहयोग गर्ने ।
ठ) स्वच्छ वातावरण राख्नका लागि वातावरण सम्बन्धि चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।
ड) खानेपानी, बाटोघाटो, पाटीपौवा, मठ मन्दिर, गुम्बा, चैत्यको संरक्षण तथा सम्वर्द्धन र निर्माण गर्ने साथै सरसफाई सम्बन्धी चेतनामूलक तथा विकासमूलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
ढ) कृषि सम्बन्धि विभिन्न चेतनामूलक तथा विकासमूलक कार्यक्रमहरु संचालन गर्ने ।
ण) शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि आदिको वृद्धि विकासको लागि आवश्यक कार्य गर्ने तथा सो सम्बन्धि जागरण अभियान संचालन गर्ने ।
त) यस संस्थाको उद्देश्यसँग मेल खाने उद्देश्य भएका देश तथा विदेशका संघ संस्थाहरुसँग आपसमा मिली मानवीय जीवनस्तर उठाउने प्रकारका कार्यक्रमहरु संचालन गर्ने ।
थ) यससंस्थाका उद्देश्यसाग सम्बन्धित मानविय सरोकारका विषयवस्तुहरुका सम्बन्धमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सेमिनार, गोष्ठी, भेला, सम्मेलन आदि गर्ने गराउने तथा त्यस्ता कार्यक्रमहरुमा भाग समेत लिने ।