अध्यक्षको भनाई ।

भोजपुर जिल्ला साङपाङ गा.बि.स. वाट राजधानी काठमाडौ आई विभिन्न भागमा छरिएर स्थायी वा अस्थायी रुपमा वसी रहेका सम्पुर्ण साङपाङवासीहरुलाई एकतावद्ध गरी एक आपसमा भेटघाट, परिचय गर्दै साङपाङवासीलाई पर्ने हरेक दुःख, सुख, पिर, मर्कामा साथ सहयोग गर्दै भविष्यमा साङपाङ गा.वि.स. भित्र रहेका शिक्षा, स्वास्थ्य, कृषि, यातायात, भाषा, धर्म, संस्कृती, कला र साहित्यमा सहयोग पुर्याउने उद्देश्यले २०६५ सालमा हामी कला राई, नवराज राई, धर्मराज राई, केशर राई र म श्यामुचन्द्र राईले आपसमा छलफल गरी सम्पुर्ण साङपाङवासीहरुको नाम ठेगना र सम्पर्क संकलन गर्ने र पहिले युवा विचमा छलफल गरी अगाडी वढौ भनी पहिलो भेला सम्भव भयो । फोन मार्फत जानकारी गराई शंखपार्कमा भेला भयौ जहाँ हामी जम्मा १७ जनाको उपस्थिति थियो । यहि भेलावाट हाम्रो अन्य साङपाङसीको नाम, सम्पर्क ठेगानाको थप विवरण आएकोले हामिले सवैलाई पत्र काटी अर्को भेला गराउने अनौपचारीक निर्णय अनुसार अर्को भेला टुडीखेलमा गर्ने मिती तोक्यौ । टुडिखेलको भेलामा २८ जनाको उपस्थिति थियो त्यो भेला रित आयोजना गरिनुको उद्देश्य हामीले राखेपछि सवैबाट ठिक हो गर्नुपर्छ, भन्ने भनाई आएपछी त्यहि भेलाले एक संयोजक समीति वनाई २०६५ साल माघ २५ गते नेपाल क्याम्पस प्रदर्शनी मार्गमा अर्को भेला आयोजना गर्ने र तदर्थ समीति गठण गर्ने अरुपनी साङपाङवासीलाई फेरी पत्रकाटी अनिवार्य उपस्थिति गराउने निर्णय अनूरुप २०६५ साल माघ २५ गते सम्पूर्ण साङपाङवासीहरुको साझा संस्था "साङपाङ गा.वि.स सेवा समाज काठमाडौ" नाम राखी विधिवत रुपमा दर्ता गरी लैजानु पर्दछ भन्ने प्रतिबद्धता जाहेर गर्दै त्यहि भेलाले किसन कुमार राईको अध्यक्षतामा ११ सदस्य तदर्थ समीति गठन गरी दर्ता प्रक्रियामा जाने लगायत सम्पूर्ण अधिकार तदर्थ समीतिलाई दिएको हुनाले हाम्रो संस्था २०६५ चैत्र २२ गते जिल्ला प्रशासन कार्यलय काडमाडौमा दर्ता भई समाज कल्याण परिषदबाट पनि स्वीकृती लिई आफ्नो सामाजको कार्यहरु गर्दै अगाडी बढी रहेको छ र अगाडी बढ्ने क्रममा छ । भविश्यमा पनि निरन्तर साङपाङ वासी र साङपाङ गा.वि.स. भीत्रमा हरेक क्रियाकलापमा सकृयताको साथ उपस्थित जनाउने अठोट गर्दछौं ।