– शुभचन्द्र राई
अपरान्हको
बेला थियो । गाउँलेहरु भर्खर दाउरा घाँस, मेलोपातबाट घर फर्केर खान खाई
सिकुवामा आराम गर्न लागेका थिए । त्यसैबेला डाँडा घरे मित्रलाल र दयारामको
झगडाले गाउँनै थर्कियो । मित्रलाल र दयारामबीचको घनघोर झगडा सुनेर एकाएक
गाउँलेहरु डाँडाटोलमा जम्मा हुन पुगे । कान्लाको डिलमाथि पाखुरा सुर्केर
दयाराम तथानाम बकिरहेको थियो भने कान्ला मुनि गुप्ताङ्ग छोप्ने कछाड (
पहाडे धोती ) मात्र लगाएका सर्वनाङ्ग मित्रलाल हातमा पाखुरे ढुङ्गा बोकेर
हानुँला झैं गर्दै चिच्च्याइरहेको थियो । ती दुबैको उमेर त्यस्तै ६० देखि
६५ भित्रको हुँदो हो ।
दयाराम
घोक्रो फुलाएर कुर्लियो ‘ए साले मित्रे ! तेरो कुख्रा, बाख्रा, गाईबस्तु,
सँुगुर सबै मेरो सिकुवामा, आँगनमा, घुरेनबारीमा छाडा छोड्छस् ?.. अझ
पुगेन, तेरो तुयत्रो ( कोही नभएको टुहुरे ) छोरा छोरीलाई समेत मेरै आँगनमा
हग्न पठाउछस् ? अझ बढ्ता कुरा गर्छस हुतिहारा शत्रुलाल !’ दयाराम बुरुक्कै
उफ्रियो ।
‘ए’
भाते दयाराम ! ए गाउँमारा शोषक ! ..... मेरो बस्तुभाउले तेरो घुरेन बारीमा
बिझ्याइ गरेका रहेछन् भने अर्मल तिराउनु पर्छ, पञ्च भलाद्मीलाई बोलाएर
न्याय माग्नु पर्छ, मेरोे देउताको नाममा भाकलेको बोकालाई हिर्र्काएर किन
मारिस् ए, ज्यान मारा....! तँलाई पनि म यहीं सिध्याउछु’ मित्रलालले हातको
पाखुरे ढुङ्गालाई कस्सेर हानुँला झैं गरेर एक पाईला पछाडि स¥यो तर हान्न
चाहिँ हानेन ।
‘मर्दको
छोरो होस् भने हान् यी मेरो छातीमा हान्’ भनेर दयारामले पनि माथिल्लो
कान्लामा यस्सो छाती फुलाएर देखायो र फेरी डराएजस्तै गरी अलि पछि पनि स¥यो ।
दयाराम
र मित्रलालको नाटकलाई गाउँलेहरुले बारीको डिलमा बसेर बिना टिकट बडो रमाईलो
मानेर हेरिरहेका थिए । भतेर सम्झेर गाउँभरिका कुकुरहरु पनि त्यहाँ जम्मा
भए । एक दुइ कुकुरहरु बिच दयाराम र मित्रलाल झै झगडा भएको पनि देखियो ।
‘पैसाको
तुजुक देखाएर गरिबलाई कति हेप्छस ए दयाराम चोर ! मेरो बोकाको पैसा
खुरुक्कै छेर् , नत्र तेरो घरमा आगो लगाईदिन्छु’ मित्रलाल फेरी सन्कियो ।
‘ई तिर्छु’ दयारामले झण्डै कट्टु खोलेर देखायो । रमिते गाउँलेहरु शर्मले मुख छोपे ।
‘मेरो
घुरेनबारीको खुर्सानी चोरेर खाने तै होइनस् चोर ! अस्ति पैचो लगेको मेरो
दुई कुरुवा नून तुरुन्त तिरिहाल मित्रे चोर !’ दयारामले मित्रेको हुर्मतै
लियो ।
‘ला.....तेरो नून’ मित्रेले पछाडि देखाएर स्वाट्टै धोती खुस्कायो । गाउँलेहरुले देख्नु रमिता देखे । केटाकेटीहरु खुव रमाए ।
‘थुइक्क
! छेरौटे, तेरो त्यै ठाउँमा किरा परोस्’ । दयारामले मुख बिगा¥यो र सराप्यो
। अब चाहि यिनीहरुले हदै गर्ने भए भनेर गाउँकी केही बुढीपाकी आइमाईहरुले
तिनीहरुलाई हप्कारे – ए मित्रे र दयाराम !, तिमीहरुको धर्म, शर्म, इज्जत,
इमान केही छैन यस गाउँमा ?.. किन यसरी गति छाडेको हँ ? ...बोल्नु पाएँ
भन्दैमा जे सुकै बोल्ने, गर्न पाएँ भन्दैमा जे सुकै गर्ने ?.. हामी गाउँका
मानिसहरु, नरनाता, इष्ट मित्रहरु पनि यहाँ छौं । गाउँकी छुची फूलमती बजै
मजैले च्याँठिन् । बजैको हप्काइले दुबै झगडियाहरु झयाप्पै ओझिए । त्यसै
बेला वार्ड अध्यक्ष खेतीराज र गाउँका अगुवा केही बुढापाकाहरु पनि
टुप्लुक्के आईपुगे । ए खेती, यिनीहरुलाई पाता फर्काएर मिला, कहि नभका
गाउँका साँढे निक्लिएछन् । नत्र मैले जान्य छु । इन्दिरा गान्धि बनिन्
फूलमति बजै ।
सबै
कुरो बुझ्दा, मित्रेको छाडा बोकाले दयारामको घुरेनमा पसेर सागको बिरुवा
खाईदिएछ । भर्खरै रोपेको आफ्नो सागलाई मित्रेको बोकाले चप्काएको देखे पछि
रिसले खपिनसक्नु भएर दयारामले नजिकैको कोदालोले झटारो हानेछ । न्वरानको बल
निकालेर हानेको कोदालो बोकाको खप्परमै बज्रिएर र बोका ठहरै भएछ । यसपछि
मित्रे र दयारामले यो रडाको मच्च्याएका रहेछन् ।
झगडाको
गाँठी फुके पछि पञ्च भलाद्मीको इजलासले यसरी फैसला गरे – ‘गाउँलेहरुलाई
पैसा अन्ना ऋण दिएर दोब्बर, तेब्बर सावा व्याज असुल्ने, सामाजिक कार्य तथा
दीन दुःखीहरुलाई फुट्टी कौडी सहयोग नगर्ने दयारामले, मित्रेको बोकालाई
कोदालोको झटारो हानी खुत्रुक्कै पारेकोले दयारामले नै गाउँमा चलाएको थिति
अनुसार बोकाको खास मूल्य पाँच सयको दोब्वर एकहजार मित्रेलाई तिर्न पर्ने
भयो’ ।
त्यस्त,ै
नाम चाहि मित्रलाल तर छर छिमेक गाउँघरमा कसैसँग नमिल्ने, सबैसँग सत्रुको
व्यवहार गर्ने, आफ्नो बस्तुभाउ र चौपाय छाडा छोडेर अर्काको बाली नाली
बिझ्याइ गराउने मित्रलालले आइन्दा आफ्नो चौपाय छाडा नछोड्ने शर्तमा,
दयारामले झटारो हान्दा खुस्किएको बोकाको दुइ धार्नी मासु नून भूटुन मरमसला
लगाएर, चटक्कै भुटुवा बनाई पञ्च भलाद्मीको इजलासलाई टक्र्याउन पर्ने तर
भुटुवा सँग खाने चार चार सेर रक्सि चाहिँ दयार।म र मित्रलालदुबैले किन्न
पर्ने फैसला भयो । यसरी दयाराम र मित्रलालको झगडाको छिनोफानो भयो