उहाँको अध्यक्षतामा तत्कालका लागि अन्य दुई सदस्य चयन भएका छन । जसमा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुनेछ भने हरिप्रसाद न्यौपानेले कानुन मन्त्रालय र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने छ । घिमिरे हालका मुख्य सचिव लिलामणि पौडेलअघि नेपाल सरकारको मुख्य सचिव भई अबकाश लिनुभएको थियो भने न्यौपाने २०४७ पछि कानुन मन्त्रालयको सचिवबाट सेवा निबृत्त हुनुभएको थियो । तत्कालका लागि अन्य सवै मन्त्रालयको जिम्मा रेग्मीलाई नै दिइएको छ ।
शितल निवासमा आयोजित बिशेष कार्यक्रममा राष्ट्रपति रामबरण यादवले रेग्मीलाई पद तथा गोपनियताको सपथ गराउनुभयो भने रेग्मीले अन्य दुई सदस्यलाई सपथ गराउनुभयो । कार्यक्रमको सुरुमै राष्ट्रपति कार्यालयका अधिकारीहरुले मन्त्रिपरिषद् गठन र त्यसको जिम्मेवारीबारे पढेर सुनाएका थिए । त्यसपछि सपथ र परिचयात्मक कार्यक्रम भएको थियो ।
सपथ लगत्तै रेग्मी सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...
गाँउघरको कथा ।
गीत
गाँउघरको कथा ।
संस्थाको परिकल्पना