वेहाल भयो जीवन मेरो हालहरु सोध्छौ किन ।
कोमल मनको सागर जलाई छालहरु सोध्छौ किन ।
बाहिर जति हाँसे पनि भित्री मन रोइदिदां ।
आाशु वगी नदी वन्छ तालहरु सोध्छौ किन ।
घृणा अनि तिरस्कारमा पीडा वोकी जीउन खोज्छु ।
दिन काट्नै गार्हो हुन्छ सालहरु सोध्छौ किन ।
सवै भूलि तिमिलाई नै चोखो माया गरें ।
वदलामा वदनाम पाएा चालहरु सोध्छौ किन ।
कुन्नी किन दोषी भएं थाहा छैन मलाई ।
अझै आशमा वाँच्न सक्छु कालहरु सोध्छौ किन ।
ध्वानु भाई दुर्मा 'प्रतिक'
साङपाङ - ४
वेहाल भयो जीवन मेरो


