बिकास संग सगै ।।। Sangpang Welfare Society

 कठमाण्डौ

हाम्रो भनाई

नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको ६३ गाँउ विकास समिति मध्ये उत्तरी क्षेत्रमा अवस्थित साङपाङ गाँउ विकास समितिमा जन्मी हुर्की अर्थात त्यहाँ मूल थलो भई हाल देश विदेशको कुना काप्चामा छरिएर बस्नु भएका तमाम साङपाङवासीहरुलाई ...

साङपाङले जन्माएको महिला फूटवल खेलाडी

अक्षर ठूलो बनाउनुस  अक्षर सानो बनाउनुस
भोजपुर जिल्ला साङपाङ गा.वि.स. वडा नं. ४ मा पिता नेत्र बहादुर राई र माता कुष्ण कुमारी राईको ५ छोरा ३ छोरी मध्ये, सातौ सन्तान प्रमिला राईको जन्म २०४४ सालमा भएको थियो ।

२०५६ सालदेखि स्थानीय क्लव शान्ति युवा समूह डाँगीहाट मोरङ्गबाट फुटवल खेल्न थालेकी प्रमिला राईले २०५६ सालमा धरानमा संचालित वुढा सुव्वा गोल्डकपमा सुनसरी र मोरङ्ग विच भएको 'महिला सो म्याच' खेलमा मोरङ्ग जिल्लाको प्रतिनीधित्व गर्दै खेलेकी थिइन । त्यसपछि मोरङ्ग जिल्लाबाट फुटवल खेल्न थालेकी उनीले विभिन्न अन्तर जिल्ला स्तरीय फुटवलमा भाग लिदै  २०५९ सालमा धनगढीमा सम्पन्न स्वर्गीय वीरेन्द्र, ऐश्वर्य स्मृतिमा आयोजित सेती आमन्त्रण राष्ट्रिय महिला फुटवल प्रतियोगितामा उनको टिम प्रथम हुन सफल भएको थियो । त्यसैगरी २०६० साल चैत्र धनगढीमा आयोजित स्वर्गीय वीरेन्द्र, ऐश्वर्य सेती आमन्त्रण राष्ट्रिय महिला फुटवल प्रतियोगितामा समेत मोरङ्गलाई प्रथम बनाउन उल्लेख्य योगदान दिएकी थिईन ।

जिल्ला स्तरीय फुटवल रक्षा पंक्तिबाट खेल्ने उनी हाल राष्ट्रिय टोलीमा मिडफिल्ड सम्हाली रहेकी छिन । २०६० सालमा चीनमा आयोजना भएको एएफसी अन्डर नाइन्टीन महिला च्याम्पीयनसीप फुटवल प्रतियोगिताबाट अन्तराष्ट्रिय फुटवलमा डेब्यू गरेकी प्रमिला राईको आफ्नो व्यक्तिगत अन्तराष्ट्रिय गोल संख्या ७ पुर्‌याएकी छिन ।

२०६६ सालको माघमा वंगलादेशको ढाकामा आयोजना भएको ११औ दक्षिण एसीयाली खेलकुद (सार्क) प्रतियोगितामा पाकिस्तान विरुद्धको खेलमा व्यक्तिगत २ गोल गर्न सफल भएकी थिइन भने २०६७ साल मंसीरमा वंगलादेशको ककस वजार रंगशालामा आयोजना भएको प्रथम दक्षिण एसीयाली खेलकुद च्याम्पीयनसीप प्रतियोगितामा माल्दिभ्स विरुद्धको खेलमा २ गोल, अफगानिस्तान विरुद्धको खेलमा २ गोल र पाकिस्ता विरुद्धको खेलमा १ गोल गर्दै आफ्नो व्यक्तिगत गोल संख्या ७ पुर्‌याएकी छिन । हाल उनी एपीएफबाट व्यवसायिक फुटवल खेली रहेकी छिन । आगामी दिनमा पनि यी साङपाङे चेलीको फुटवल खेल जीवन उत्कृष्ठ ढंगले निरन्तर अगाडी बढी रहोस भन्ने शुभकामना सिंगो यस सेवा समाजको तर्फबाट ।